Home » Blog » बिभिन्न पार्टी परित्यागगरी ९२ जना नेपाली काँग्रेसमा प्रवेश

बिभिन्न पार्टी परित्यागगरी ९२ जना नेपाली काँग्रेसमा प्रवेश

अंकुश दैनिक
0 comments 12 views

बीरगंज, १३ कातिक ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ कोन्हियामा एक समारोहविच स्थानीय अगुवाहरु सहित ९२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका नेता तथा संबिधानसभा सदस्य अनिल रुङ्गटाको प्रमुख आतिथ्यमा र काँग्रेसका कार्यवाहक वडा समिति सभापति महमद हैदरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरुले पार्टी प्रवेश गरेका हुन । त्यस्तै दलित युवा संगठन समाजको उद्घाटन पनि सोही अवसरमा गरिएको हो ।
दलित युवा संगठन समाजको उद्घाटन कार्यक्रमको अध्यक्षता दलित युवा अगुवा रामलाल महरा रामले गरेका थिए । प्रमुख अतिथी रुङ्गटाले देश संकटपुर्ण घडीमा रहेको हुनाले देशलाई जोगाएर जनताको अधिकारको रक्षा र जनताको हितमा नीति निर्माणको काम नेपाली काँग्रेसले गर्दै आएको बताए । उनले दुई तिहाईको सरकार चलाउन नसकेका कम्युनिष्ट सहितका दलहरुले संकटबाट देशलाई निकास दिलाउनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको बताए । कुबाटोमा गइसेकको राजनीतिलाई नेपाली काँग्रेसले मात्र सहीदिशामा फर्काउन सक्ने भएकोले नेपाली कांग्रेसको हातमा देशलाई सुम्पेका बताएका थिए ।
काँग्रेसले मात्र जनताको हित र लोकतन्त्रको रक्षा गर्न सक्ने भएको हुनाले नेपाली काँग्रेस पार्टी रोजेर प्रवेश गर्नेहरुले सही निर्णय गरेको भन्दै नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै बधाई समेत दिएका थिए ।
त्यस्तै काँग्रेसका नेता रामनारयण कुर्मीले नेपाली काँग्रेसको नेतृत्वमा मात्र देशले राजनीतिक रुपमा फड्को मार्ने बताउर्दै बिकास र सुशासन काँग्रेसको नेतृत्वमा मात्र संभव रहेको बताए । काँग्रेस नेतृ तथा वीरगन्ज महानगरपालिकाकी उप नगरप्रमुख शान्ति कार्कीले महिला, दलित, बालबालिका र पिछाडिएका समुदायको उत्थान काँग्रेसबाट मात्र हुन सक्ने बताइन ।
वक्ताहरुले अब हुने निर्वाचनमा वडा, नगर, प्रदेश र संघीय स्तरमा चुनिने जनप्रतिनिधिमा काँग्रेसलाई जिताउन अग्रह पनि गरे । काँग्रेसका पर्सा जिल्ला उप–सभापति प्रकाश उपाध्यायले कम्युनिष्टहरुलाई एकपटकको लागि बिश्वास गरेर जिताएका जनता अहिले पछुतो गरिरहेको स्मरण गराए । अव पछिल्लो अवस्थालाई सुधार गर्न अवसरको रुपमा आगामी चुनाव आइरहेको बताए । कार्यक्रममा, स्थानीय अगुवाहरु, दलित नेताहरु र महिलाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू