Home » Blog » नेपाली कांग्रेस पर्साको होली मिलन समारोह भव्यतापूर्वक सम्पन्न, जनताको सेवामा लाग्न कार्यकर्ताहरुलाई नेता रमेश रिजालको निर्देशन

नेपाली कांग्रेस पर्साको होली मिलन समारोह भव्यतापूर्वक सम्पन्न, जनताको सेवामा लाग्न कार्यकर्ताहरुलाई नेता रमेश रिजालको निर्देशन

अंकुश दैनिक
0 comment 17 views

वीरगन्ज,१६ फागुन ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले लोकतन्त्रलाई दिगो र राष्ट्रलाई समृद्ध काँग्रेसले नै बनाउन सक्ने दावी गर्नु भएको छ । नेपाली काँग्रेस पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको होली मिलन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रिजालले काँग्रेस बलियो भएको बेलामात्र नेपाली जनता बलिया भएको प्रमाणित भएकाले लोकतन्त्र र समृद्धीका लागि काँग्रेस बलियो हुन आवश्यक रहेको विचार व्यक्त गर्नु भयो ।
उहाँले काँग्रेसी सामाजिक कार्यकर्ता भएपनि पछिल्लो केही वर्ष देखी आफ्नो कर्म गर्न ढिलाई गरेकै कारण हालै सम्पन्न भएको तीन तहको निर्वाचनमा प्राविधिक पराजय भोग्नु परेकोबाट पाठ सिक्दै जनताको सेवाकालागि दत्तचित भएर लाग्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । मुलुक भरीबाट ३५ प्रतिशत मत हासिल गरेको काँग्रेसलाई हराउन बाम तथा मधेसवादी सबै एक ठाउँ भएको कारण झिनो अन्तरले काँग्रेसी उम्मेदवारहरुले प्राविधिक रुपमा पराजय खेप्नु परेको नेता रिजालले जिकिर गर्नु भयो ।
आफनो मुल कर्मबाट चुकेको र सबै शक्ति नै काँग्रेसीलाई पराजित गर्न गोलबद्ध भएका कारण प्राविधिक रुपमा काँग्रेस हाल कमजोर भएपनि जनताको विश्वास काँग्रेसमै रहेको नेता रिजालले ठोकुवा गर्नुभयो । उहाँले जनताको कामका लागि दिनरात खट्नुको साथै समाजको उत्थानका लागि काम गरेर आउने चुनावमा काँग्रेस बहुमत हासिल गर्ने भएकाले नेता कार्यकर्ताहरुलाई निरास नहुन अपिल गर्नु भयो । होली पर्वको सबैलाई शुभकामना दिदै केन्द्रिय सदस्य रिजालले भाइचारा र सौहाद्रको पुर्वलाई पार्टी भित्रको मनमोटावलाई समाप्त गर्ने अवसरको रुपमा उपयोग गर्नु सबै नेता कार्यकर्ताहरुलाई अपिल गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्रि अजय कुमार चौरसियाले सबैलाई होली पर्वको शुभकामना दिदै पार्टीका नेता कार्यकर्ता बिच रहेको मनमुटावलाई आजैको मितिदेखी समाप्त पारी जनताको सेवामा होमिन आग्रह गर्नु भयो । उहाँले प्राविधिक रुपमा काँग्रेस पार्टी कमजोर देखिएपनि जनताको माझ अहिलेपनि काँग्रेस मै भरोसा रहेकाले जनताको भरोसालाई दिर्घजिवी राख्न समाजीक कार्यलाई विगत भन्दा बढी गतीमा गर्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
हाल निर्वाचित भएकाहरुबाट जितको उन्माद र घमण्ड देखिएकाले जनताको पक्षमा निर्वाचित जन प्रतिनिधीले काम गर्ने भरोसा कम देखिएकाले जनताको काम गराउने दायित्व काँग्रेसी नेता कार्यकर्ताको टाउकोमा रहेकोले पुर्ण जोश र जाँगरका साथ जनताका लागि खट्नुपर्ने अपिल गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका पूर्व जिल्ला सभापति एवम् पुर्व मन्त्रि सुरेन्द्र चौधरीले निर्वाचित जन प्रतिनिधीहरुमा देखिएको अहंकारले आउने दिनमा जनताको पक्षमा राम्रो काम नहुने संकेत देखिएको दावी गर्दै उहाँले जनप्रतिनिधीहरु जनताको सेवक हुन भने कुरा विर्सेर उनीहरु आफुलाई शासक ठानिरहेको आरोप लगाउनु भयो ।
प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक भए लगत्तै केही जन प्रतिनिधीले मुकुट लगाई आफुलाई देवी देउताको कोटीमा उभ्याएको चर्चा गर्दै उनीहरुद्वारा जनताको हितमा काम नहुने चौधरीले दावी गर्नुभयो ।
नेपाली काँग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको अध्यक्षतामा सम्पन्न भएको होली मिलन समारोहलाई जिल्ला विकास समितिका पूर्वसभापति जनार्धन सिंह क्षेत्री, नेता अनिल रुङ्गटा, २ नं. प्रदेशका विधायक ओम प्रकास शर्मा, राजेश्वर प्रसाद साह तेली, शंकर चौधरी, नेता विरेन्द्रलाल नेपाली लगायतका वक्ताहरुले होली पर्वको शुभकामना व्यक्त गर्दै निर्वाचनका बेला बांडिएको काँग्रेसीहरु एक ढिक्का हुन आग्रह गरेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.