Home » Blog » मधेश विश्वविद्यालयको पूर्वाधार निर्माणमा सरकारले पहल गर्छ : मुख्यमन्त्री यादव

मधेश विश्वविद्यालयको पूर्वाधार निर्माणमा सरकारले पहल गर्छ : मुख्यमन्त्री यादव

Ankushdaily
0 comment 25 views
बिरगंज ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।
मधेस विश्वविद्यालयले आइतबार वीरगञ्जमा आयोजना गरेको नेपालको पहिलो विश्वविद्यालयको परिकल्पना नेपाल राष्ट्रिय विद्यापीठ विश्वविद्यालय स्थापनाको स्मरण गर्दै आयोजना गरेको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री तथा मधेश विश्वविद्यालयका कुलपति यादवले विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता दिए । मुख्यमन्त्री यादवले मधेश बिश्वबिद्यालय मधेश प्रदेशको गौरवको योजना भएको बताए ।
पर्सा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मधेस विश्वविद्यालय मधेस आन्दोलनको उपलब्धि भएको बताउँदै पहिले वीरगञ्ज विश्वविद्यालय स्थापनाका लागि संकलन गरिएको ६ करोडभन्दा बढी रकम बैंकमा मौज्दात रहेकाले त्यसलाई ठाकुरराम बहुमुखी क्याम्पसको जिर्ण भएको छात्रावास निर्माणमा खर्च गर्न सुझाव दिए । 
कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.दिपक शाक्यले कार्यपत्र प्रस्तुत गर्नु हुदै वि.सं.२००७ सालमा राणाशासनको अन्त्यपछि वीरगञ्जमा उच्च शिक्षाको लागि महाविद्यालयको आवश्यकता महशुस गरेर वीरगञ्जमै विश्विद्यालय स्थापनामा स्थानीय अग्रसर भएको पाइएको बताए । 
कार्यक्रममा पूर्व मुख्यमन्त्री लालबाबु राउत,प्रदेश सरकारका शिक्षा तथा सामाजिक विकास मन्त्री एवं मधेस विश्वविद्यालयका सहकुलपति प्रमोद जयसवाल, पूर्वमन्त्री नागेन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण विश्वविद्यालयका रजिष्ट्रार विजय यादवले गरेका थिए । 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.