Home » Blog » क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना पक्राउ

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना पक्राउ

Ankushdaily
0 comment 588 views

बिरगंज

क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी बाँकेले गैर कानुनी रुपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सी (Crypto Currency) कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो।

क्रिप्टोकरेन्सी हुने बारे गोप्य सूचना पाएको बाँके प्रहरीको खोजतलासमा नेपालगन्ज-२० का अमृतकुमार बर्मा र बाँकेको जानकी गाउँपालिका-१ का रियाज खाँलाई नेपालगन्ज-१८ स्थित भाटभटेनी नजिकबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

प्रवक्ता डाँगीका अनुसार पक्राउ परेका उनीहरुले Binance र Bitgate मार्फत Usdtv( क्रिप्टोकरेन्सी) को अवैध कारोबार गर्दै सो बापत दैनिक १ करोड रुपैयाँसम्मको अवैध कारोबार गरेको पाइएको हो।

बर्मा र खाँले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिन आएको बाँके प्रहरीले जानकारी दिएको छ। बाँके प्रहरीले उनीहरुको ५ दिनको म्याद थप गर्दै थप अनुसन्धान अघि बढाएको प्रवक्ता डाँगीले बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.