वीरगञ्ज ।
प्रहरीले वीरगञ्जबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । नेपाली १ हजार दरका १ सय २३ थान नक्कली नोटसहित दुई जनालाई वीरगन्जको घण्टाघर नजिकबाट सोमबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बेतिया भावल पञ्चायत–४ घर भएका ३० वर्षीय क्यामुद्धिन मियाँ र बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर २ घर भएकी ४० वर्षीय हलिमा खातुन रहेका छन् ।
उनीहरुलाई वीरगञ्ज महानगरपालिका–९ घण्टाघर नजिक सडकबाटै सोमबार राती प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
Advertisement
