Home » Blog » प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

Ankushdaily
0 comment 20 views
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। कांग्रेससँग सत्ता सहकार्य गर्ने  सहमति गरेका ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन्।
उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँग भएको सहमतिको जानकारी गराउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बुझिएको छ।
कांग्रेससँगको सहमति अनुसार आजै एमालेका मन्त्रीहरुले राजीनामा दिँदै छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ।
एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संविधान अनुसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन सक्ने व्यवस्था रहेको छ । तर बहुमत सांसद विपक्षमा भएपछि उनले राजीनामा दिन सक्ने अनुमान गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.