Home » Blog » एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, महासचिवमा भुसाल सर्वसम्मत

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, महासचिवमा भुसाल सर्वसम्मत

Ankushdaily
0 comment 25 views
काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल चयन हुनुभएको छ ।
राजधानीमा जारी महाधिवेशनका क्रममा बिहीबार माधव नेपाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो ।
यस्तै झलनाथ खनाल फेरि पनि सम्मानि नेतामा सर्वसम्मत हुनु भएको छ भने महासचिवमा धनश्याम भुसाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । तीनै जना नेता यस अघि पनि सोही पदमा हुनुहुन्थ्यो ।
नयाँ नेतृत्व चयनका लागि बनेको निर्वाचन समितिले तीन जना सर्वसम्मत भएको घोषणा गरेको हो । उपाध्यक्षसहित अन्य पदाधिकारीहरुमा पनि सहमति जुटाउने कोशिस भईरहेको जनाइएको छ ।
सहमति नभए निर्वाचन प्रक्रिया शुरु हुनेछ । महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.