Home » Blog » कांग्रेस महानगर समितिका सभापतिहरुसँग डा. शेखर कोइरालाले गरे भेटघाट तथा छलफल

कांग्रेस महानगर समितिका सभापतिहरुसँग डा. शेखर कोइरालाले गरे भेटघाट तथा छलफल

Ankushdaily
0 comment 39 views
बिरगंज ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौमा भेटघाट र छलफल गरेका छन् ।
कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए ।
तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।
महानगरका सभापतिहरुले आफुहरुको पार्टी मर्यादाक्रम नमिलेको र बिधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।
भेटघाटमा महानगर सभापतिहरु- निलकाजी शाक्य – काठमाडौ, सुवानन्द धाख्वा – ललितपुर, चित्रसेन अधिकारी – भरतपुर, दिपक चापागाईं – बिराटनगर र मनिन्द्र नेपाली – बिरगंज सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.