Home » Blog » दुई ठुला दलले गल्ती गरे देश नै कोल्याप्स हुन सक्छ: शेखर कोइराला

दुई ठुला दलले गल्ती गरे देश नै कोल्याप्स हुन सक्छ: शेखर कोइराला

Ankushdaily
0 comment 37 views
काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनिहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
अब जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने उनले बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो ।
देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने- “अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।”
आफ्नो पार्टी सरकारमा छ त्यसैले उनिहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो ।
यदि मन्त्रीहरुले गलत काम गरे तिनको आलोचना र बिरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले भने- “जनभावना बिरोधि काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ ।”
वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको बताए ।
“हिजो पश्चिमको साथीलाई चोट लाग्दा पुर्वको साथीलाई दुख्थ्यो । पुर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफुलाई वीपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू-आफुमै लड्छौं। वीपीले त यस्तो कहिल्यै सिकाउँनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?” – कोइरालाले प्रश्न गरे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.