Home » Blog » नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Ankushdaily
0 comment 32 views
विरगंज ।
नेपाली काँग्रेस विरगंज महानगरपालिका वडा नम्बर ११ को इकाई समितिले जेष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली कांग्रेस वडा कार्यसमिति विरगंज-११ ले महामानव वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसर पारेर सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा दुई महिला सहित आठ जना पुरुष गरी १० जनालाई सम्मानित गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस मधेश प्रदेश सदस्य श्याम पटेल,अथितिहरु ने.का.क्षेत्र न.१ का सभापति अरविन्द कुमार गुप्ता, जिल्ला सदस्य जितेन्द्र पुरुष ढकाल, विजय पौडेल,गोपाल रौनियार,नन्दकिशोर कहार,महेश्वरलाल महतो,जितेन्द्र कुमार बरै,दिनानाथ महतो, वडा इकाई कार्य समितिका सदस्यहरु लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रम मनोज कुमार महतोको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन मुकेश कुमार ठाकुरले गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.