Home » Blog » ‘यो वा त्यो बहानामा महाधिवेशन लम्बाउने प्रपञ्च नहोस्’: शेखर कोइराला

‘यो वा त्यो बहानामा महाधिवेशन लम्बाउने प्रपञ्च नहोस्’: शेखर कोइराला

Ankushdaily
0 comment 77 views
काठमाडौँ ।

नेपाली कांग्रेस नेता शेखर कोइरालाले पार्टीको आउँदो पन्ध्रौं महाधिवशेन लम्बाउने कुनै प्रपञ्च नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य राख्दै सभापतिलाई समयमै महाधिवेशन गर्ने गरी तयारी गर्न आग्रह गरेका छन् ।

यसैगरि कोइरालाले १४औं महाधिवेशनदेखि थाँती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरु तत्काल समाधान गरी २०८२ मंसिरमा १५औं महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गर्नुपर्ने माग समेत गरेका छन् । यो वा त्यो वहानामा महाधिबेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ ।

ठीक चारवर्षमा कांग्रेसको महाधिवेशन होस । कोइरालाको भनाई रहेको छ । अब पनि पार्टीलाई विधान अनुसार समयवद्ध तरिकाले सञ्चालन गर्ने परिपाटी नचलाई कहिलेबाट यो संस्कार विकसित गर्ने र? भन्दै उनले प्रश्न गरेका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.