Home » Blog » चालीस प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संशोधन गरौंः गगन थापा

चालीस प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संशोधन गरौंः गगन थापा

Ankushdaily
0 comment 35 views
काठमाडौं ।
नेपाली कांग्रेसका सांसद गगन थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संशोधन गर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संशोधन गर्न सकिने उपायतिर जान सकिनेछ ।
‘संविधान संशोधनको कुराले धेरैजना आत्तिएको देख्छु तर आत्तिनु पर्दैन्, प्रतिनिधिसभा र राष्ट्रियसभालाई अझ बढी समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने गरी संविधान संसोधन गर्नुपर्छ,’ थापाको प्रस्ताव छ, ‘बरु, ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन पाउने गरी बरु सरकार चलाउन दिनुपर्छ, यसमा छलफल गरौं,’ थापाले भने  ।
साथै, नेपाली कांग्रेस र नेकपा एमाले बिचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए ।
‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने ।

Advertisement

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.