Home » Blog » जनार्दन शर्मा भन्छन्- उच्च नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियो !

जनार्दन शर्मा भन्छन्- उच्च नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियो !

Ankushdaily
0 comment 21 views
काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन् ।
शनिवार रुकुम–पश्चिम–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  प्रचण्डकै अगाडी आफूलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताएका हुन् ।
उपमहासचिव शर्माले कार्यकर्तालाई के आफू दलाल जस्तो देखिन्छु ? के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरिबाट आफूले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिएको आरोप लगाए ।
उनले भने- ‘आज म बडो आश्चर्यमा छु म । तपाईँहरुलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नि ? तपाईँहरुले मलाई दलालजस्तो देख्नुहुन्छ ? भन्नुस्– म दलालजस्तो छु ? म यो पार्टी फोर्न जस्तो देख्नुहुन्छ तपाईँहरुले ? तर, त्यो आरोप आज मैले खेपिरहेको छ । पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिएको छ ।’
शर्माले अहिले पार्टीभित्र सङ्घर्ष र पश्न गर्नुपर्ने आवश्यक्ता ठानेर नै आफूले प्रश्न गरेको बताउँदै आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दुराग्रह र नेतृत्वप्रतिको अपमानको कुनै गुञ्जायस नै नरहेको स्पष्ट गरेका थिए ।
शर्मापछि बोलेका अध्यक्ष प्रचण्डले आफू र जनार्दन शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउँदै यो पार्टीको राम्रोको लागि भएको व्याख्या गरेका छन् । उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको बताउँदै अहिलेसम्म सहज रुपमा नै समाधान गर्दै आएको बताएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.