Home » Blog » रास्वपा पर्साद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

रास्वपा पर्साद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Ankushdaily
0 comment 28 views
वीरगञ्ज।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले केन्द्रिय सभापति रवि लामिछानेलाई सरकारले संसदिय छानबिन समितिको प्रतिवेदन विपरित धरपकड गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ।
रास्वपाको पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आज दिउँसो आदर्शनगरबाट निस्किएको मौन जुलुसले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानू बाबु अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो।
जुलुसले “रबि निर्दोष छन्, राजनीति पूर्वाग्रह नगर्नू” र “८७ अर्ब ठगी गर्ने असली सहकारी ठगहरुलाई कारबाही गर” भन्ने प्लेकार्डहरू बोकेका थिए। ज्ञापनपत्र बुझाइसकेपछि जुलुस माइस्थानमा पुगेर कोणसभामा परिणत भयो। कोणसभामा बोल्दै जिल्ला सभापति पन्तले दुई तिहाईको दम्भ देखाउनुको सट्टा सरकारलाई जनता निकट भएर काम गर्न चेतावनी दिए। उनले नेपाली जनताले श्रीलंका र बंगलादेशको जस्तै विद्रोह गर्न सक्ने चेतावनी दिँदै सत्ताको स्थायित्वमा प्रश्न उठाए।
सभामा रास्वपा क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाद मिया, प्रदेश सदस्य तुलसा पौडेल, सुदिश प्रजापति, प्रचार विभागका प्रदेश प्रमुख राम शरार्फलगायतका नेताहरुको उपस्थिति थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.