Home » Blog » एनपीएल: सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य, ऐरीको विष्फोटक अर्धशतक

एनपीएल: सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य, ऐरीको विष्फोटक अर्धशतक

Ankushdaily
0 comments 13 views
काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो। जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो योगफल हो ।

सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक प्रहार गरे। उनले २४ बलमा नटआउट ५७ रन बनाए। यस्तै, ब्राण्डन मुल्लेनले २६ बलमा ३६ रन बनाए। विनोद भण्डारीले २३ र इसान पाण्डेले २१ रन जोडे।
विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिए। क्रिस सोले, इस्लाम आलम र बसिर अहमदले समान एक/एक विकेट हात पारे।

सम्बन्धित पोस्टहरू