Home » Blog » च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक,भारत र पाकिस्तान दुबईमा भिड्ने

च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक,भारत र पाकिस्तान दुबईमा भिड्ने

Ankushdaily
0 comment 4 views
काठमाडौं ।
आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ। हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेब्रुअरी १९ गतेबाट सुरु भई मार्च ९ सम्म चल्ने छ। च्याम्पियनसिप ट्रफिका खेलहरू १९ दिनमा १५ खेल हुनेछन् । दोस्रो सेमिफाइनल र फाइनलका लागि पनि रिजर्भ डे राखिएको छ।
भारत र पाकिस्तानबीचको समूह खेल भने २३ फेब्रुअरीमा दुबईमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबईमा मात्र खेल्नेछ भने बङ्गलादेश र न्युजिल्याण्ड पनि टोलीको समूहमा छन्। सेमिफाइनल पनि दुबईमै हुनेछ। यदि भारत फाइनलमा पुग्यो भने यो खेल पनि दुबईमा हुनेछ।
प्रतियोगिताका बाँकी १० खेल भने आयोजक राष्ट्र पाकिस्तानमा हुनेछ। पाकिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो, उक्त टोलीले २०१७ मा भारतलाई फाइनलमा हराएर उपाधि जितेको थियो।
समूह ए मा भारत, पाकिस्तान, बङ्गलादेश र न्युजिल्याण्ड रहेका छन् भने दोस्रो समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन्। ४ र ५ मार्चमा २ वटा सेमिफाइनल हुनेछन् भने फाइनल खेल भने मार्च ९ मा हुनेछ। भारत र पाकिस्तानका टिमले एक अर्काको देशमा क्रिकेट खेल्ने छैनन्। च्याम्पियन्स ट्रफी २०२५ मा भारतका सबै खेलहरू तटस्थ स्थानहरूमा खेलिनेछन्।
पाकिस्तानी टोली पनि सन् २०२७ सम्म कुनै पनि प्रतियोगिताका लागि भारत आउने छैन । यसका खेलहरू तटस्थ स्थान अर्थात् दुबईमा मात्रै हुनेछन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.