Home » Blog » लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लायन्सका संस्थापक मेल्भिन जोन्सको जन्मदिवसको अवसरमा मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Ankushdaily
0 comments 96 views
वीरगञ्ज ।
अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्मदिवसको अवसरमा साता ब्यापी कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफको आयोजनामा आज वीरगञ्जको कभर्ड हलमा कलेज स्तरिय मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाल र पर्सा ब्याडमिन्टन संघका अध्यक्ष नरेश कायस्थले ब्याडमिन्टन खेलेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
आज सम्पन्न भएको मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगितामा वीरगञ्ज ईन्स्टीच्युट अफ टेक्नोलोजी, दिल्ली पब्लिक स्कुल, नेशनल ईन्फोटेक कलेज, डिएभी कलेज लगायत वीरगञ्जका ११ वटा कलेजका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई अतिथिहरुद्वारा शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफका सचिव लायन रोशन गुप्ताको अध्यक्षतामा भएको ब्याडमिन्टन प्रतियोगितामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष सुशिल साह कानु, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन देवकी नन्दन अग्रवाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पृथ्वी आलोक कुशवाहा लगायत लायन्सका अन्य सदस्य एवं पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू