Home » Blog » जय ट्रफी : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

जय ट्रफी : आर्मीलाई हराउँदै पुलिस च्याम्पियन

Ankushdaily
0 comment 2 views
वीरगंज ।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लब जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटियो।
आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए। पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिए।
पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो। १३२-९ को स्थितीमा तेस्रो दिनको सुरुवात गरेको पुलिसले सात रन थाप्दा बाँकी एक विकेट गुमायो। पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे।
आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १३३-९ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। १७० रन बनाएपछि आर्मीले ३७ रनको सामान्य अग्रता लिएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.