Home » Blog » च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिड्दै

च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिड्दै

Ankushdaily
0 comments 18 views
काठमाडौँ ।
च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । आज भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजेदेखि शुरु हुँदैछ ।
भारत समूह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दैछ भने अस्ट्रेलिया समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।
भारतले सबै तीन खेल जित्ने क्रममा पाकिस्तान, बंगलादेश र न्यूजिल्याण्डलाई हराएको थियो भने अष्ट्रेलियाले इङ्गल्याण्ड र अफगानिस्तानलाई हराउँदा दक्षिण अफ्रिकासँग अंक बाँडेको थियो ।

सम्बन्धित पोस्टहरू