Home » Blog » आईसीसी च्याम्पियन्स ट्रफी: दोस्रो सेमिफाइनलमा आज न्यूजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी: दोस्रो सेमिफाइनलमा आज न्यूजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

Ankushdaily
0 comments 21 views
विरगंज ।
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज पाकिस्तानको लाहोरमा हुँदैछ। खेलमा न्यूजिल्याण्ड र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्। खेल दिउँसो २:४५ बजे सुरु हुनेछ।
दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो, जबकि न्यूजिल्याण्ड समूह ‘ए’ को उपविजेता रह्यो। प्रतियोगितामा दक्षिण अफ्रिका अहिलेसम्म अपराजित छ, भने न्यूजिल्याण्डले समूह चरणमा भारतसँग पराजय भोगेको थियो।
हेड-टु-हेड तथ्यांक
दुवै टोलीबीच अहिलेसम्म ७३ खेल भएका छन्। जसमा दक्षिण अफ्रिकाले ४२ खेल जितेको छ भने न्यूजिल्याण्डले २६ खेलमा जित हात पारेको छ। ५ खेल भने नतिजाविहीन भएका छन्।
यो खेलको विजेताले आगामी आइतबार भारतसँग फाइनल खेल्नेछ। यसअघि पहिलो सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गरिसकेको छ। यस जितसँगै भारतले सन् २०२३ को एक दिवसीय विश्वकपमा अष्ट्रेलियासँग व्यहोरेको हारको बदला लिएको छ।

सम्बन्धित पोस्टहरू