Home » Blog » आईपीएल २०२५: कोलकातालाई पराजित गर्दै बैंगलोरको विजयी सुरुवात

आईपीएल २०२५: कोलकातालाई पराजित गर्दै बैंगलोरको विजयी सुरुवात

Ankushdaily
0 comments 24 views
वीरगंज ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को १८औं संस्करण शनिबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स रोयल च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले पराजित भएको छ।
कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलोरले १६.२ ओभरमै ३ विकेट गुमाउँदै सहज रूपमा पूरा गर्यो। सुरुवाती ब्याटर विराट कोहलीले अविजित रहँदै ३६ बलमा ५९ रनको उत्कृष्ट पारी खेले। अर्का सुरुवाती ब्याटर फिल साल्टले ३१ बलमा ५६ रन बनाएर महत्त्वपूर्ण योगदान दिए। कप्तान रजत पटिदारले १६ बलमा ३४ रन जोडे भने लियाम लिभिङस्टोनले ५ बलमा अविजित १५ रन बनाए।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। कप्तान अजिन्क्या रहानेले ३१ बलमा ५६ रन प्रहार गरे भने सुनिल नारायणले २६ बलमा ४४ रन जोडे। बलिङतर्फ बैंगलोरका क्रुनाल पाण्ड्या सर्वाधिक ३ विकेट लिन सफल भए भने जोश हाज्लवुडले २ विकेट लिए।
कोलकाताविरुद्ध लगातार चार हार बेहोरेपछि बैंगलोरले अन्ततः जित हात पार्दै सुखद सुरुवात गरेको छ। साविक विजेता कोलकाता सिजनको पहिलो खेलमै पराजित भएको छ भने बैंगलोरले आफ्नो पहिलो उपाधि जित्ने लक्ष्यतर्फ सकारात्मक संकेत देखाएको छ।

सम्बन्धित पोस्टहरू