Home » Blog » एमाले वीरगञ्ज महानगरको नयाँ नेतृत्व चयन : नवराज शर्मा अध्यक्ष, पराग उपाध्यक्षमा विजयी

एमाले वीरगञ्ज महानगरको नयाँ नेतृत्व चयन : नवराज शर्मा अध्यक्ष, पराग उपाध्यक्षमा विजयी

Ankushdaily
0 comment 43 views
वीरगंज ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरगंज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी उम्मेदवार सुन्दर राउत कुर्मीलाई ५५ मतले पराजित गर्दै अध्यक्ष पदमा जित हासिल गरेका हुन्। शर्माले १५१ मत प्राप्त गरे भने कुर्मीले ९६ मत पाए।
त्यस्तै, उपाध्यक्ष पदमा रामकिशोर सिंह पराग १४० मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी जले आलम अन्सारीले १०१ मत प्राप्त गरे। सचिवमा लियाकत अली १४६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अनिस अन्सारीले १०९ मत पाए।
उपसचिव (खुला) पदमा जयनारायण सिंह कुर्मी १३८ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी अमोद प्रसाद यादवले १०४ मत प्राप्त गरे। उपसचिव (महिला) पदमा विमला श्रीवास्तव १३३ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी अर्चना अधिकारीले १०१ मत पाइन्।
लेखा समिति अध्यक्षमा अजयकुमार साह र सचिवमा राघव पटेल साह विजयी भएका छन्। खुला सदस्यमा सतेन्द्र कुमार सिंह, युवा सदस्यमा देवकुमार सर्राफ र महिला सदस्यमा सितामैया श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सन्तोष सिंहले जानकारी दिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.