Home » Blog » रोहित शर्माले लिए टेष्ट क्रिकेटबाट संन्यास

रोहित शर्माले लिए टेष्ट क्रिकेटबाट संन्यास

Ankushdaily
0 comments 25 views
काठमाडौँ ।
भारतीय क्रिकेट कप्तान रोहित शर्माले टेष्ट क्रिकेटबाट संन्यास लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत संन्यासको जानकारी दिएका हुन् ।
टी–२० मा यसअघि नै संन्यास लिइसकेका रोहितले एक दिवसीय क्रिकेट भने जारी राख्ने जनाएका छन् ।
बुधबार बेलुकी आएको रिपोर्टअनुसार उनलाई इङ्गल्याण्ड भ्रमणका क्रममा टेष्ट कप्तानीबाट हटाइने छ । त्यसपछि रोहितले रातो बल क्रिकेटबाट संन्यास लिएका हुन् ।
उनलाई छनोट समितिले धोका दिएकै कारण रातो बललाई बाइबाइ भनेका हुन् । पछिल्लो समय उनी टेष्टमा असफल हुँदै आएका थिए ।
रोहितले आफूलाई दिएको साथ र समर्थनका लागि धन्यवादसमेत दिएका छन् । उनले त्योसँगै एक दिवसीय खेल जारी राख्नेसमेत जनाएका छन् ।
रोहितले १२ टेष्ट शतक लगाएका छन् । सन् २०१३ मा डेब्यु गरेका रोहितले सन् २०२२ मा कप्तानी सम्हालेका थिए । उनले ६७ टेष्टमा ४०.५७ को औसतमा ४ हजार ३०१ रन बनाए । उनले १८ ओटा अर्धशतक बनाएका छन् ।

सम्बन्धित पोस्टहरू