Home » Blog » भारत–पाक सीमामा बढ्दो तनाव: आईपीएल अनिश्चितकालका लागि स्थगित

भारत–पाक सीमामा बढ्दो तनाव: आईपीएल अनिश्चितकालका लागि स्थगित

Ankushdaily
0 comments 26 views
काठमाडौँ — भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल–२०२५) अनिश्चितकालका लागि स्थगित गरिएको छ।
सुरक्षासम्बन्धी चिन्ता बढ्दै गएकाले आईपीएलका बाँकी खेलहरू स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का एक स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।
बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल सुरक्षाका कारण रद्द गरिएको थियो। उक्त स्थान पठानकोटबाट १०० किलोमिटरभन्दा कम दूरीमा पर्छ, जहाँ हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो।

सम्बन्धित पोस्टहरू