Home » Blog » भावुक सन्देशसहित विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

भावुक सन्देशसहित विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

Ankushdaily
0 comments 15 views
काठमाडौं ।
भारतीय क्रिकेटका दिग्गज ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। लामो समयदेखि चर्चा चलिरहेको कोहलीको टेस्ट बिदाइ सोमबार इन्स्टाग्राम पोस्टमार्फत आधिकारिक बनेको हो।
सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध टेस्ट डेब्यु गरेका ३६ वर्षीय कोहलीले आफ्नो १४ वर्षे टेस्ट करियरमा भारतका लागि १२३ टेस्ट खेल्दै ९२३० रन जोडे। यस क्रममा उनले ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन्। कप्तानका रूपमा पनि उनले भारतलाई ऐतिहासिक सफलताहरू दिलाएका थिए।
कोहलीले लेखेका छन्, “म कृतज्ञताले भरिएको मन लिएर बिदा लिइरहेछु — खेल, सहयात्रीहरू, र यो यात्रा हेर्ने सबैप्रति आभार। म सधैं मेरो टेस्ट करियरलाई मुस्कानसहित सम्झिरहनेछु।”
केही दिनअघि मात्र रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए। यसअघि यी दुई स्टार खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संयुक्त रूपमा बिदा लिएका थिए। उनीहरू एकदिवसीय क्रिकेटमा भने अझै सक्रिय रहनेछन्।

सम्बन्धित पोस्टहरू