Home » Blog » मे १७ बाट पुनः सुरु हुँदै स्थगित आईपीएल २०२५

मे १७ बाट पुनः सुरु हुँदै स्थगित आईपीएल २०२५

Ankushdaily
0 comment 12 views
काठमाडौं ।
पाकिस्तानसँगको तनावका कारण स्थगित गरिएको आईपीएल २०२५ फेरि मे १७ बाट सुरु हुने भएको छ । बीसीसीआईले आफ्नो सोशल मिडिया ह्यान्डलमार्फत लिग चरणका बाँकी १३ खेल र प्लेअफको नयाँ तालिका सार्वजनिक गरेको हो । लिग चरण मे २७ मा समाप्त हुनेछ भने प्लेअफ मे २९ देखि सुरु भई फाइनल जुन ३ मा खेलिनेछ ।
१७ मेमा आरसीबी र केकेआरबीच बैंगलोरमा हुने खेलबाट आईपीएल पुनः सुरु हुनेछ । बाँकी खेलहरू जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबादमा खेलिनेछन् । मे १८ र २५ मा दुई डबल हेडर हुनेछ । पाकिस्तानको आक्रमणका कारण मे ८ मा धर्मशालामा रोकिएको पञ्जाब र दिल्लीबीचको खेल अब २४ मेमा जयपुरमा हुनेछ ।
अहिलेसम्म ५७ खेल सम्पन्न भइसकेका छन् भने ५८औँ खेल बिचमै रोकिएको थियो । कुल ७४ खेलमध्ये अब १७ खेल बाँकी छन् – १३ लिग चरणका र ४ प्लेअफ चरणका । मुम्बई, कोलकाता, राजस्थान र चेन्नईले दुई–दुई खेल खेल्न बाँकी छ भने अन्य टोलीहरूले तीन–तीन खेल खेल्न बाँकी रहेको बीसीसीआईले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.