Home » Blog » आईपीएल २०२५: पञ्जाबलाई हराउँदै बैंगलुरु फाइनलमा

आईपीएल २०२५: पञ्जाबलाई हराउँदै बैंगलुरु फाइनलमा

Ankushdaily
0 comment 12 views
विरगंज ।
रोयल च्यालेन्जर्स बैंगलुरु (RCB) इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा चौथो पटक प्रवेश गर्न सफल भएको छ । बिहीबार राति चन्डीगढमा भएको पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बैंगलुरुले फाइनलको टिकट कटाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले १४.१ ओभरमै सबै विकेट गुमाउँदै जम्मा १०१ रन मात्र बनायो । पञ्जाबका मार्कस स्टोइनिसले २६, प्रविसिम्रन सिंहले १८ तथा अज्मतुल्लाह ओमरजायीले १८ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ बैंगलुरुका सुयश शर्मा र जोश हाज्लेवुडले समान ३–३ विकेट लिए । याश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेफर्डले १–१ विकेट हात पारे ।
१०२ रनको झिनो लक्ष्य बैंगलुरुले १० ओभरमै २ विकेट गुमाएर भेट्टायो । फिल साल्टले २७ बलमा अविजित ५६ रन बनाउँदै सिजनको चौथो अर्धशतक पूरा गरे ।
यससँगै बैंगलुरु सन् २००९, २०११ र २०१६ पछि चौथो पटक आईपीएलको फाइनलमा पुगेको हो । यद्यपि, उसले अहिलेसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन ।
अर्कोतर्फ, पराजित पञ्जाबले फाइनल प्रवेशको दोस्रो मौका पाउनेछ । शुक्रबार इलिमिनेटर खेलमा मुम्बई इन्डियन्स र गुजरात टाइटान्स भिड्नेछन् । विजेता टोलीले दोस्रो क्वालिफायरमा पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा पराजित हुने टिम भने प्रतियोगिताबाट बाहिरिनेछ ।
मुम्बई पाँच पटकको च्याम्पियन हो भने गुजरात सन् २०२२ को विजेता टोली हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.