Home » Blog » आईपीएलमा नयाँ च्याम्पियन पक्का, उपाधिका लागि बैंगलोर र पञ्जाब भिड्दै

आईपीएलमा नयाँ च्याम्पियन पक्का, उपाधिका लागि बैंगलोर र पञ्जाब भिड्दै

Ankushdaily
0 comment 10 views
नयाँ दिल्ली ।
पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा नयाँ टोली च्याम्पियन पक्का भएको छ । आइतबार भएको क्वालिफायर २ खेल जितेर पञ्जाबले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको छैटो पटक उपाधि जित्ने योजना भताभुंग पारेको हो ।
योसँगैं आज हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाबबीच उपाधिको लागि प्रतिस्पर्धा हुने तय भएको हो । यसमा जो जितेपनि आईपीएलले नयाँ च्याम्पियन पाउनेछ र च्याम्पियन हुने आठौं टोली हुनेछ । अहिलेसम्म रोयल र पञ्जाबले उपाधि जित्न सकेको छैन । पञ्जाबले एक पटक र रोयलले तीन पटक फाइनल खेलेपनि उपाधि जित्न सकेनन् ।
पञ्जाब ११ वर्षअघि सन् २०१४ को संस्करणमा फाइनल पुगेको थियो । उक्त फाइनलमा कोलकाता नाइट राइडर्ससँग टोली हारेको थियो । रोयल भने २००९, २०११ र २०१६ को फाइनलमा हारेको थियो ।
आईपीएलमा जित्ने टोलीहरू
५—मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स
३—कोलकाता नाईट राईडर्स
१—राजस्थान रोयल्स, सनराईजर्स हैदराबाद, गुजरात टाइटन्स, डेकन चार्जर्स

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.