Home » Blog » अमेरिकाद्वारा इरानमाथि हवाई आक्रमण, ट्रम्पको दाबी– “अब शान्तिको समय हो”

अमेरिकाद्वारा इरानमाथि हवाई आक्रमण, ट्रम्पको दाबी– “अब शान्तिको समय हो”

Ankushdaily
0 comment 46 views
वीरगंज ।
संयुक्त राज्य अमेरिकाले शनिबार राति इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा लक्षित गर्दै हवाई आक्रमण गरेको छ। इजरायलद्वारा इरानी आणविक पूर्वाधार र सैन्य ठाँउहरूमा व्यापक हमला सुरु गरेको एक सातापछि अमेरिकाले पनि प्रत्यक्ष कारबाहीमा होमिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक इरानलाई आत्मसमर्पण गर्न चेतावनी दिँदै आएका थिए। तर, चेतावनीको अवज्ञा भएपछि अन्ततः अमेरिका आक्रमणमा उत्रिएको बताइएको छ।
राष्ट्रपति ट्रम्पले अमेरिकी समय अनुसार शनिबार साँझ करिब ८ बजे ट्रुथ सोसलमा पोस्ट गर्दै भने, “हामीले इरानका तीन प्रमुख आणविक साइट– फोर्डो, नतान्ज र इस्फहानमा अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं। सबै विमानहरू इरानी आकाशबाट बाहिरिसकेका छन्।”
उनले अगाडि लेखे, “फोर्डो साइटमा पूर्ण क्षमताका बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा फर्किंदैछन्। हाम्रा महान अमेरिकी सैनिकहरूलाई बधाई! विश्वमा यस्तो कारबाही गर्नसक्ने अर्को कुनै सेना छैन। अब शान्तिको समय हो! यस मामिलामा ध्यान दिनुभएकोमा धन्यवाद।”
ट्रम्प पछिल्ला दिनहरू गोप्य छलफलमा सहभागी हुँदै, इरानसँगको वार्ता गर्ने कि इजरायलसँग मिलेर सैन्य कारबाही गर्ने भन्ने विकल्पमा दोधारमा थिए। उनले अन्तिम निर्णय एकदमै अन्तिम क्षणमा लिने बताएका थिए। तर, तेहरानले आफ्नो आणविक गतिविधि रोकेर आत्मसमर्पण नगरेपछि उनी “अब धेरै भयो” भन्दै आक्रमण गर्ने निर्णयमा पुगेको जनाइएको छ।
यस आक्रमणपछि क्षेत्रीय तनाव अझ चर्किने संकेत देखिएको छ। यता अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.