Home » Blog » राष्ट्रपति ट्रम्पले गरे इजरायल–इरानबीच पूर्ण युद्धविरामको घोषणा

राष्ट्रपति ट्रम्पले गरे इजरायल–इरानबीच पूर्ण युद्धविरामको घोषणा

Ankushdaily
0 comment 24 views
विरगंज ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच चलेको १२ दिने द्वन्द्व अन्त्य गर्न “पूर्ण र सम्पूर्ण युद्धविराम” लागू हुने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पका अनुसार इजरायल र इरान दुवैले युद्धविरामको प्रस्तावमा सहमति जनाएका छन्। इरानी अधिकारीले तेहरानले युद्धविराम मान्ने पुष्टि गरेका छन्, भने इजरायलको तर्फबाट भने आधिकारिक टिप्पणी आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले जनाएअनुसार इजरायलले यो सर्तमा सहमति जनाएको हो कि इरानले अबदेखि कुनै पनि आक्रमण गर्नेछैन। उक्त सम्झौता राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच टेलिफोन संवादमार्फत भएको हो।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्:
“यदि सबै कुरा योजनाअनुसार अघि बढ्यो भने – जुन निश्चित रूपमा अघि बढ्नेछ – म इजरायल र इरान दुबैलाई धैर्य, साहस र बुद्धिमत्ताका लागि बधाई दिन चाहन्छु। यो युद्ध अब ‘१२ दिने युद्ध’ का रूपमा चिनिनेछ।”
अबको लगभग ६ घण्टापछि इजरायल र इरानले आफ्ना अन्तिम मिसनहरू समाप्त गर्नेछन् र त्यसपछि १२ घण्टासम्म पूर्ण युद्धविराम हुनेछ । त्यस बिन्दुमा युद्ध समाप्त भएको मानिनेछ,” राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखे । “आधिकारिक रूपमा इरानले युद्धविराम सुरु गर्नेछ र १२औँ घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ । २४औँ घण्टामा १२ दिने युद्धको आधिकारिक अन्त्यलाई विश्वले स्वागत गर्नेछ । प्रत्येक युद्धविरामको समयमा, अर्को पक्ष शान्त र सम्मानजनक रहनेछ,” ट्रम्पले पोष्टमा भनेका छन् ।
युद्धविरामको सहमति जुटाउन कतारका अमीर शेख तामिम बिन हमाद अल थानीका विशेष प्रतिनिधि अब्दुलरहमान अल थानीले इरानी अधिकारीहरूसँग कुराकानी गरेका थिए। एक अधिकारीका अनुसार ट्रम्पले कतारी अमीरलाई इजरायलले पनि युद्धविराममा सहमति जनाएको जानकारी गराएका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.