Home » Blog » भूमि विधेयकलाई ‘भू–माफियामुखी’ भन्दै जसपा नेपालद्वारा विरोध प्रदर्शनको घोषणा

भूमि विधेयकलाई ‘भू–माफियामुखी’ भन्दै जसपा नेपालद्वारा विरोध प्रदर्शनको घोषणा

Ankushdaily
0 comment 25 views
विरगंज ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ ।
जसपाले उक्त विधेयक भू–माफिया र जग्गा दलालको हितमा मात्र हुने, वन–जंगल विनाश गरी तराई/मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको रहेको आरोप लगाएको हो ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते विधेयकको प्रक्रिया अघि बढेपछि जसपाको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऔं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔँ’ अभियान अन्तर्गत भदौ ९ देखि १५ गतेसम्म देशभरका विभिन्न शहरहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.