Home » Blog » कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवा नजाने

Ankushdaily
0 comment 19 views
काठमाडौं।
आफैंले डाकेको पार्टी बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित रहने भएका छन्।
देउवाकै आह्वानमा नेपाली कांग्रेसको आज दिउँसो पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्दै छ। उक्त बैठमा उनी भने अनुपस्थित रहने सहयोगी भानु देउवाले जानकारी दिए।
सहयोगी भानु देउवाका अनुसार २६ असोजबाट हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय लगायत तयारीका लागि आज बैठक बस्न लागेको हो।
“केन्द्रीय समिति बैठकको एजेन्डा सहितका विषयमा छलफल गर्न आजको बैठक हो। सभापति ज्यू जानू हुन्न,” उनले भने।
स्वास्थ वा सुरक्षाका कारण बैठकमा अनुपस्थित हुने भन्ने प्रश्नमा उनले थपे,”स्वास्थ्य लगायत समस्या पनि हैन । बैठक पूर्ण जिको नेतृत्वमा बस्छ।”

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.