Home » Blog » कांग्रेस चुनावबाट भाग्दैन, सरकारले चुनावी वातावरण तयार गरोस् : कार्यवाहक सभापति खड्का

कांग्रेस चुनावबाट भाग्दैन, सरकारले चुनावी वातावरण तयार गरोस् : कार्यवाहक सभापति खड्का

Ankushdaily
0 comment 10 views
वीरगंज ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी चुनावबाट पछि हट्ने छैन र त्यसका लागि पूर्णतया तयार रहेको स्पष्ट पारेका छन्। उनले सरकारसँग चुनावी वातावरण सिर्जना गर्न पनि आग्रह गरे।
मंगलबार बिहान वीरेन्द्रनगरमा, कांग्रेस सुर्खेतका पूर्व सभापति तथा जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति स्वर्गीय गोविन्दबहादुर मल्लको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा खड्काले वर्तमान राजनीतिक अन्योलका लागि सरकार जिम्मेवार रहेको उल्लेख गरे।
खड्काले भने, “कांग्रेस चुनावबाट भाग्दैन। सरकारले चुनावको वातावरण तयार गरोस्, हामी चुनावका लागि तयार छौँ।”
उहाँले कांग्रेस सँधै लोकतान्त्रिक प्रक्रिया र जनमतको सम्मान गर्ने पार्टी भएकोले निर्वाचनका लागि जुनसुकै बेला तयार रहेको पनि दोहोर्‍याए।
साथै, खड्काले कुनै पनि कानुनी प्रक्रिया अन्तर्गत हुने छानबिन र अनुसन्धानमा कांग्रेसको समर्थन रहने बताएका छन्। तर, वर्तमान सरकारमा रहेका केही व्यक्तिहरूले पूर्वाग्रही ढंगले राजनीतिक दलका नेताहरूमाथि लाञ्छना लगाउने काम गरिरहेको प्रति उनले आपत्ति जनाए।
खड्काले थपे, “अहिले देशमा देखिएको अन्योललाई बढावा दिने काम सरकारमा रहेका व्यक्तिहरूबाट भएको देखिन्छ।”

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.