Home » Blog » कांग्रेस महामन्त्रीद्वयद्वारा मतदाता नामावली दर्ता अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन

कांग्रेस महामन्त्रीद्वयद्वारा मतदाता नामावली दर्ता अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन

Ankushdaily
0 comment 18 views
वीरगंज ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण संरचनालाई मतदाता नामावली दर्ता कार्यमा केन्द्रित हुन परिपत्र जारी गरेका छन्। निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म नयाँ मतदाताका लागि नाम दर्ता गर्ने समयावधि तोकेको सन्दर्भमा महामन्त्रीद्वयले छठ पर्व सकिएलगत्तै मतदाता दर्ता अभियानमा सक्रियता बढाउन निर्देशन दिएका छन्।
परिपत्र अनुसार प्रदेशदेखि वडा तहसम्मका पार्टी संरचनालाई तत्काल बैठक बसेर मतदाता दर्ता अभियानमा ध्यान दिन भनिएको छ। यसअन्तर्गत जिल्ला समितिहरूलाई टोली परिचालन गरी प्रत्येक क्षेत्रमा परिचालनको काम प्रभावकारी बनाउन तल्लो र उच्च तहबीच समन्वय सुनिश्चित गर्न निर्देशन दिइएको छ।
विशेषगरी उमेर पुगेका युवाहरूलाई मतदाता नामावलीमा दर्ता गर्न प्रेरित गर्नुपर्नेमा जोड दिइएको छ। परिपत्रमा सुझाव दिइएको छ कि युवा उमेर समूहसँग छलफल गरी उनीहरूबाटै ‘मतदाता दर्ता समूह’ गठन गरि दर्ता प्रक्रियामा सहजीकरण गरियोस्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.