Home » Blog » कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित

Ankushdaily
0 comment 8 views
काठमाडौँ ।
आज दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार बैठक आगामी कार्तिक १८ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज बोलाएको पदाधिकारी बैठकमा आगामी महाधिवेशनको कार्यतालिकाबारे सहमति नजुटेपछि केन्द्रीय समितिको बैठक स्थगित गरिएको जनाइएको छ।
महाधिवेशनको कार्यतालिका नल्याउने हो भने बैठकमा सहभागी नहुने चेतावनी संस्थापनइतर पक्षले दिएका छन्। उनीहरूले फागुन २१ गतेभित्र महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्, भने संस्थापन पक्ष भने चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा रहेको छ। दुवै पक्षको अडानपछि पार्टीभित्र रस्साकस्सी तीव्र बनेको छ।
यसैबीच, महाधिवेशन कार्यतालिका तत्काल नल्याउने हो भने विशेष महाधिवेशन प्रक्रिया सुरू गर्नुपर्ने दबाब पनि बढ्दो छ। केही दिनअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाएका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.