Home » Blog » कांग्रेस बैठकमा १५ औँ महाधिवेशनसम्बन्धी दुई वटा प्रस्ताव प्रस्तुत

कांग्रेस बैठकमा १५ औँ महाधिवेशनसम्बन्धी दुई वटा प्रस्ताव प्रस्तुत

Ankushdaily
0 comment 13 views
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति निर्धारणबारे दुई फरक प्रस्ताव प्रस्तुत भएका छन्।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत गरेका हुन्। प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार महामन्त्री थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् भने सहमहामन्त्री यादवले वैशाख २७ देखि ३० गतेसम्मको मिति सुझाएका छन्।
दुई प्रस्तावबाहेक अन्य विषयमा पनि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेको प्रवक्ता महतले जानकारी दिए। उनका अनुसार महाधिवेशनको सन्दर्भमा साझा कार्यतालिका तय गर्ने प्रयास भइरहेको छ र यस विषयलाई लिएर पार्टी विभाजित हुने सम्भावना नरहेको स्पष्ट पारे।
उनले पार्टीलाई एकताबद्ध राख्न संयम र सहमतिको आवश्यकता रहेको बताए।
मंगलबारको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठसहित केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आफ्ना धारणा प्रस्तुत गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.