Home » Blog » एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

Ankushdaily
0 comment 5 views
काठमाडौँ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिरमा हुने पार्टीको ११औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।
उनले मंगलबार विज्ञप्ति जारी गर्दै २७ देखि २९ मंसिरसम्म हुने महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुने निष्कर्षमा पुगेको बताएका छन् । “पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारका आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारका रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु,” विज्ञप्तिमा भनिएको छ, “पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।”
यसअघि नै केपी शर्मा ओली आफूले एमाले अध्यक्षको रुपमा तेहेरिन चाहेको बताएका छन् । १६ सय शब्दको विज्ञप्तिमा पोखरेलले २३ र २४ भदौपछि नयाँ परिस्थिति निर्माण भएको भन्दै त्यसको विषयमा महाधिवेशनमा छलफल हुनुपर्ने बताएका छन् ।
पोखरेलले जारी गरेको विज्ञप्तिमा पार्टीलाई सामूहिक नेतृत्वमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले अध्यक्ष केपीलाई आफूले अघि सारेको पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी मान्यताको सम्मान गर्दै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्।
“पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु,” पोखरेल भनेका छन्‚ “पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु।”

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.