Home » Blog » कांग्रेस केन्द्रीय समिति बैठक आज, १५औँ महाधिवेशनको कार्यतालिका टुंग्याउने तयारी

कांग्रेस केन्द्रीय समिति बैठक आज, १५औँ महाधिवेशनको कार्यतालिका टुंग्याउने तयारी

Ankushdaily
0 comment 6 views
काठमाडौँ।
शीर्ष नेताहरूबीच सहमति नजुट्दा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने भएको छ। बैठकको मुख्य एजेन्डा १५औँ महाधिवेशनको कार्यतालिका टुंग्याउनु रहेको छ।
गत शनिबार सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित महाधिवेशन गर्ने पक्षमा उभिएपछि आजको बैठकले निर्णायक कदम चाल्ने अपेक्षा गरिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस २६ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने तयारी भइरहेको कांग्रेस स्रोतले जनाएको छ।
बैठकअघि खड्का शीर्ष नेताहरूसँग अनौपचारिक परामर्शमा जुटिरहेका छन्। आइतबार मात्र उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए।
आजको बैठकले कांग्रेसभित्र चलेको महाधिवेशनसम्बन्धी विवादलाई टुंग्याउने विश्वास लिइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.