Home » Blog » प्रधानमन्त्री सुशीला कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

प्रधानमन्त्री सुशीला कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

Ankushdaily
0 comment 6 views
काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको हो ।
बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।
निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.