Home » Blog » एमालेमा केपी ओलीको विकल्प छैन: उपाध्यक्ष बादल

एमालेमा केपी ओलीको विकल्प छैन: उपाध्यक्ष बादल

Ankushdaily
0 comment 9 views
काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धामा जान नहुने बताएका छन्।
काठमाडौँमा शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताए।
उनका अनुसार, “हामी एकताबद्ध भएर नेतृत्वको रक्षा गर्नुपर्छ। प्रतिगामी शक्तिहरूले नेतृत्वलाई कमजोर पार्न चाहन्छन्। नेतृत्वको रक्षा गरेपछि मात्र प्रतिक्रान्तिको षड्यन्त्र चिर्न सकिन्छ,” भन्ने धारणा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि प्रस्ट पारिसकेका छन्।
विधान संशोधन गरेर भए पनि नेतृत्व चयन सर्वसम्मत हुनुपर्ने उनको भनाइ छ।
थापाले भने, “वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले नयाँलाई अवसर दिनुपर्छ, नयाँ नेतृत्व आवश्यक छ भन्नुभएको छ। पार्टीलाई अगाडि बढाउन वर्तमान अध्यक्षको कार्यशैली उचित छैन, त्यसैले निकास दिनुपर्छ भन्ने उहाँको तर्क छ।”
एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न तथा पार्टीलाई लोकप्रिय बनाउन अध्यक्ष ओलीको महत्त्वपूर्ण योगदान रहेको दाबी उनले गरेका छन्। अहिले पनि एमाले र देशलाई ओलीकै आवश्यकता रहेको जिकिर गर्दै थापाले वर्तमान महाधिवेशनमा प्रतिस्पर्धा भए पार्टी विघटनतर्फ जाने खतरा रहने बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.