Home » Blog » मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

Ankushdaily
0 comment 5 views
वीरगन्ज ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भोलि शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। यसका लागि आवश्यक व्यवस्था मिलाइदिन मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन्।
मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ बमोजिम नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रक्रिया अघि बढाइएको हो। यादव मंसिर १९ गते नेपाली कांग्रेस संसदीय दलका नेताको हैसियतमा सात दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
प्रदेशसभाको वर्तमान गणितअनुसार मुख्यमन्त्री यादवले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ। विश्वासको मतपछि प्रदेश सरकार अझ स्थिर भई बजेट कार्यान्वयन, विकास निर्माण र सुशासनमा सक्रिय हुने अपेक्षा गरिएको छ।
यसैबीच, मधेस प्रदेशसभाको सभामुख पदका लागि पुस ६ गते निर्वाचन हुने भएको छ। उपसभामुख बबिता राउत ईशरका अनुसार सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ अनुसार निर्वाचन प्रक्रिया सुरु गरिएको हो। निर्वाचनसम्बन्धी सूचना पुस ५ गते प्रकाशन गरिनेछ।
प्रदेशसभाको अर्को बैठक पुस ४ गते शुक्रबार साँझ ४ बजे बस्ने जनाइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.