Home » Blog » पर्सा प्रहरीद्वारा अठार सय बोरा सुपारी बरामद

पर्सा प्रहरीद्वारा अठार सय बोरा सुपारी बरामद

Ankushdaily
0 comment 82 views
विरगंज ।
अठार सय बोरा सुपारी पर्सा प्रहरीले इनर्वा स्थित एक गोदामबाट नियन्त्रणमा लिएको छ। वीरगंज भन्सार कार्यालयबाट राजस्व दाखिला गरी बर्दिबासतर्फ जानुपर्ने कन्टेनर इनर्वा स्थित गोदाममा अनलोड गरी भण्डारण गरिएको अवस्थामा पर्सा प्रहरीले छापा मारी बरामद गरेको हो। प्रहरीले सुपारी ९ सय बोरा कन्टेनरमा र ९ सय बोरा गोदाममा रहेको जनाएको छ।
घटनास्थलमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप पाठक र सशस्त्र प्रहरीका डीएसपी पुरुषोत्तम भण्डारीसहित ठूलो संख्यामा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको छ।
कागजी कारबाहीपछि बरामद सुपारी राजस्व अनुसन्धान पथलैया वा वीरगंज भन्सार कार्यालयमा बुझाउने विषयमा छलफल भइरहेको बुझिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.