Home » Blog » २४० किलो चरेससहित दुई जना पक्राउ

२४० किलो चरेससहित दुई जना पक्राउ

Ankushdaily
0 comment 22 views
वीरगन्ज ।
पर्सा प्रहरीले २४० किलो प्रतिबन्धित लागुऔषध चरेससहित दुई जना युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा ना.३ख ५०९३ नम्बरको ट्रक चालक मकवानपुर थाहा नगरपालिका–११ का २९ वर्षीय सरोज मोक्तान र सोही स्थानका २१ वर्षीय नवराज लो रहेका छन्।
प्रहरीका अनुसार शनिबार साँझ करिब ७:३० बजे वीरगन्ज महानगरपालिका–२२ स्थित जगरनाथपुर ढाटअगाडि विशेष सूचनाका आधारमा ट्रक रोकी खानतलासी गर्दा ट्रकमा फल्स बनाएर लुकाइ राखिएको अवस्थामा २४० किलो चरेस फेला परेको हो।
पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.