Home » Blog » सीमा सुरक्षा सशक्त बनाउन ई–रिक्सा, ट्याम्पु र टांगा चालकसँग अन्तरक्रिया

सीमा सुरक्षा सशक्त बनाउन ई–रिक्सा, ट्याम्पु र टांगा चालकसँग अन्तरक्रिया

Ankushdaily
0 comment 26 views
वीरगञ्ज ।
मुलुककै आर्थिक महत्वपूर्ण शहर वीरगञ्ज र वरपरको सिमासुरक्षालाई सशक्त बनाउने उद्देश्यले आइतबार बिहान सशस्त्र प्रहरीले ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
वीरगञ्ज–रक्सौल क्षेत्र भारत–नेपाल आउजाउको दृष्टिले अत्यधिक व्यस्त र नुनदेखि सुनसम्मको विभिन्न कारोबार हुने प्रमुख रुट भएकाले यस क्षेत्रमा व्यवस्थापन आवश्यक देखिएको छ। इरिक्सा, ट्याम्पु र टांगा सञ्चालनमा बढ्दो चाप र अव्यवस्थित ट्राफिकका कारण शंकराद्धारदेखि बितेरीपुलसम्मको सडकमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुँदै आएको थियो।
आइतबार कार्यक्रममा करिब एक सय जना चालकहरू सहभागी भएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रणमा चालकहरूको सक्रिय सहयोग अपरिहार्य रहेको बताउँदै, शंकास्पद व्यक्ति वा वस्तु देखिएमा तुरुन्तै सुरक्षा निकायलाई जानकारी गराउन निर्देशन दिनुभयो।
एसपी भट्टले भने, “स्थानीय नागरिक, विशेषगरी ई–रिक्सा, ट्याम्पु र टांगा चालकहरूको सहयोगबिना सीमा सुरक्षा प्रभावकारी बन्न सक्दैन। सबैको सक्रिय सहभागिताले मात्र सीमामा हुने अपराधलाई न्यूनीकरण गर्न सकिन्छ।”
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले पनि यस्ता अन्तरक्रिया कार्यक्रमले सुरक्षा निकाय र स्थानीय नागरिकबीच आपसी विश्वास र सहकार्य बढाउन सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक पुरषोत्तम भण्डारी र सञ्चारकर्मी अभिलाष गुप्तालगायत सहभागी थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.