Home » Blog » बयानका लागि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगको पत्र

बयानका लागि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगको पत्र

Ankushdaily
0 comment 10 views
काठमाडौँ ।
भदौ २३ र २४ गते भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकको नाममा पत्र पठाइँदै आयोगमा उपस्थित भई सात दिनभित्र बयान दिन आग्रह गरिएको हो ।
आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा संयन्त्रको नेतृत्वमा रहेका व्यक्तिहरूको बयान संकलन सकेपछि आयोगले अब राजनीतिक नेतृत्वको बयान लिने प्रक्रिया अघि बढाएको जनाएको छ । यही क्रममा तत्कालीन गृहमन्त्री लेखकलाई पत्र पठाइएको हो भने तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी भइरहेको आयोगले जानकारी दिएको छ ।
यसैबीच, सरकारको तर्फबाट भदौ २३ र २४ को घटनाको अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको जाँचबुझ आयोगले काम गरिरहेको छ । सुरुमा तीन महिनाको समयसीमा पाएको कार्की आयोगलाई सरकारले पछिल्लो पटक थप एक महिना म्याद दिएको छ । आयोगले यस अवधिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित केही राजनीतिक व्यक्तिहरूको बयान लिन बाँकी रहेको बताइएको छ ।
मानवअधिकार आयोगले भने गृहमन्त्री लेखकसँगको सोधपुछ पूरा गरी सुरक्षा परिषद्का सदस्य रहेका तत्कालीन मन्त्रीहरूसँग बयान लिन थालेको जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.