Home » Blog » भूमि आयोगका अध्यक्ष अहमद र प्राध्यापक ईन्ना मोर्गनबीच भेटवार्ता

भूमि आयोगका अध्यक्ष अहमद र प्राध्यापक ईन्ना मोर्गनबीच भेटवार्ता

Ankushdaily
0 comment 69 views
वीरगञ्ज ।
भूमि समस्या समाधान आयोग (पर्सा) का अध्यक्ष तबरेज अहमद र अमेरिकास्थित प्यासिफिक लुथरन विश्वविद्यालय तथा चीनको सिङ्घुआ विश्वविद्यालयको अंग्रेजी विभागकी व्याख्याता ईन्ना मोर्गनबीच शिष्टाचार भेटघाट भएको छ।
पूर्व मिडिया प्रस्तोता समेत रहेकी मोर्गन र अध्यक्ष अहमदबीच भएको भेटमा समसामयिक विषयवस्तु तथा प्राज्ञिक क्षेत्रका विविध पक्षबारे छलफल भएको थियो।
भेटका क्रममा मोर्गनले भुमिहिनलाई जग्गा वितरण तथा लालपुर्जा वितरण प्रक्रियाबारे जिज्ञासा राख्नुभएको थियो। यस अवसरमा अध्यक्ष अहमदले आयोगले हाल गरिरहेको काम, नीति तथा प्रक्रियाबारे जानकारी गराउनुभएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.