Home » Blog » जसपा नेपाल र जसपा रेणु यादव पक्षबीच एकीकरण

जसपा नेपाल र जसपा रेणु यादव पक्षबीच एकीकरण

Ankushdaily
0 comment 13 views
विरगंज ।
मधेस राजनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनता समाजवादी पार्टी (जसपा), नेपाल र जनता समाजवादी पार्टी (रेणु यादव पक्ष) बीच औपचारिक रूपमा पार्टी एकीकरण गर्ने सहमति भएको छ। सोमबार दुवै पक्षले एकताको सहमति पत्रमा हस्ताक्षर गर्दै एकीकृत पार्टीका रूपमा अघि बढ्ने घोषणा गरेका हुन्।
सहमति पत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादवले हस्ताक्षर गर्नुभएको हो।
विज्ञप्ति अनुसार, रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू अब जसपा, नेपालमा समाहित भएका छन्। एकीकरण प्रक्रियामा पार्टीका उपमहासचिव प्रदीप यादवको पनि उल्लेखनीय भूमिका रहेको बताइएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.