Home » Blog » पुसभित्रै विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढ्यौँ: महामन्त्री गगन थापा

पुसभित्रै विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढ्यौँ: महामन्त्री गगन थापा

Ankushdaily
0 comment 9 views
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुसभित्रै विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
“हामी पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ,” उनले भनेका छन्, “सम्पूर्ण साथीहरुलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।”
यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका धारणा
आजभन्दा ४९ वर्ष अगाडि विषम परिस्थितिमा ‘ राष्ट्रिय एकता र  मेलमिलाप’ को आह्वान गरेर बीपी कोइराला,  गणेशमान सिंह लगायतका नेताहरू नेपाल फर्किएको दिन !
राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै, एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधको साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ। यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता के बाट आउँछ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ। त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो। पौष मसान्त भित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ।
राष्ट्र प्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगिन जिम्मेवारी हो।
अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्त भित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै  एकताबद्ध हुन आह्वान गर्दछु।
पुनश्च: सबैलाई  ४९ औँ राष्ट्रिय एकता र मेलमिलाप दिवसको शुभकामना।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.