Home » Blog » कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव प्रस्तुत

कांग्रेस महाधिवेशन वैशाख २८–३१ गते गर्ने प्रस्ताव प्रस्तुत

Ankushdaily
0 comment 19 views
काठमाडौँ ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी कार्यतालिका प्रस्तुत गरेका छन् । शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले प्रतिनिधिसभा चुनावपछि महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका हुन् ।
कार्यवाहक सभापति खड्काले बैठकमा पेस गरेको कार्यतालिकामा २०८३ साल वैशाख २८-३१ मा काठमाडौंमा महाधिवेशन गर्ने उल्लेख छ । तर खड्काको प्रस्ताव मान्न महामन्त्रीद्वय तयार छैनन् । उनीहरूले नयाँ नेतृत्वसहित चुनावमा भाग लिन जानुपर्नेमा जोड दिइरहेका छन् ।
पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले २७–२९ पुसमा विशेष महाधिवेशन बोलाउने तयारी गरेपछि पार्टीभित्र गुटगत विवाद चुलिएको छ । महामन्त्रीद्वयकै दबाबमा पार्टीले २६–२९ पुसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याएको थियो । तर, देशैभरको क्रियाशील सदस्यताको विषय नै टुंगिन नसक्दा नियमित महाधिवेशन नहुने भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.