Home » Blog » माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुन्छ : शेखर कोइराला

माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुन्छ : शेखर कोइराला

Ankushdaily
0 comment 3 views
काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुने बताएका छन् । उनले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिले नै आह्वान गर्नु पर्ने पनि  बताए ।
आज बिहान आफ्नै विशालनगरस्थित सम्पर्क कार्यालयमा भेट्न पुगेका ३० केन्द्रीय सदस्यसँग डा. कोइरालाले भने– माघ ६ पछि राष्ट्रियसभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।
भेटमा केन्द्रीय सदस्यहरूको तर्फबाट पुष्पा भुसालले आफूहरू कुनै पक्षको नभएको तर पार्टीभित्रको विवादले चिन्तित बनाएर समाधानका लागि सबैसँग पहल गरिरहेको जानकारी दिइन् ।
भेटमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, आङगेलु शेर्पा लगायतका नेताहरू थिए

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.